काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन्। महासमिति बैठकको समापन समारोहमा बोल्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई लक्षित गर्दै यस्तो बताएका हुन्।
नागरिकले सुशासन चाहेको बताउँदै उनले यस्तो उल्लेख गरेका हुन्। उनले भने, 'काम गर्न नसक्नेलाई विश्राम दिउँ । दाग लागेको मन्त्रीलाई घर पठाउँ।'
स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ। आयोगले गरिरहेको अनुसन्धानमा उनी पनि मुछिएका छन्।