का&माडौं- मधेश प्रदेशको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’को पूर्वाधार विकास समितिकाको अध्यक्षमा डा परशुराम मिश्रलाई नियुक्त गरिएको छ। बिहीबार बसेको मन्त्री परिषद्को बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो।
२०७५ पुस २३ गतेको मन्त्रिपरिषद्को बैठकले सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि पूर्वाधार निर्माण गर्न राजविराज नगरपालिका-१०, स्थित बिरौलमा ६२ बिगाह जग्गा खोजिएको छ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गठित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाव समिति’ले ०७६ बैशाखमा प्रतिष्ठान निर्माणस्थलको स्थलगत निरीक्षण गरेको थियो।