बाँके- नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आउने भएको छ। अस्पतालबा आज बिहीबारदेखि सेवा सुरु हुने भएको हो।
अस्पतालले करिब २४ करोडमा थ्री टेस्ला क्षमताको एमआरआई खरिद गरेको थियो। खरिद भएर आएको एमआरआई मेसिन जडान तथा अन्य प्राविधिक काम सम्पन्न भएसँगै अस्पतालमा सेवा सुरु गर्न लागिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवनजंग रायमाझीले जानकारी दिए।
एमआरआई सेवा सञ्चालनका लागि अस्पतालमा जनशक्ति समेत तयारी अवस्थामा रहेको उनले बताए। यो एमआरआई सेवा सञ्चालनमा आएपछि सरकारी अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने भेरी अस्पताल लुम्बिनी प्रदेशकै पहिलो अस्पताल हुनेछ।