काठमाडौं– बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।
बिहीबार पक्राउ परेका उनीहरुलाई चिरायु अस्पतालमा राखिएको थियो । अहिले त्यहाँबाट रेफर गरेर टोखास्थित ग्राण्डी अस्पताल लगिएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ परेको थियो । उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ ।