काठमाडौं- सिन्धुली अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पारिश्रमिक नपाएको भन्दै सेवा प्रवाह नै बन्द गरेका छन्।
अस्पतालमा कार्यरत्त छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च सुविधा नपाएको भन्दै सेवा रोका हुन्। उनीहरुले गत पुस १९ गतेसम्म हालसम्मको पारिश्रमिक र दशैं तिहारको चाडबाड खर्च उपलब्ध गराउन माग गरेका थिए।
उक्त विषयमा गत मंसिर २९ गते नै बाग्मती प्रदेशस्थित स्वास्थ्य मन्त्रालय हेटौंडा, स्वास्थ्य सेवा विभाग टेकु तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत जानकारी गराएपनि हालसम्म सम्बोधन नभएको भन्दै सेवा बन्द गरेको उनीहरुले बताएका छन्।