काठमाडौं- नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश सचिव भएकी छिन्। हाल प्रमुख अस्पताल प्रशासक नर्सिङ रहेकी उनलाई लुम्बिनी प्रदेश सचिव बनाइएको हो।
श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। हालका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालय अन्तर्गत नै राखिएको छ।
सरकार २९ जना सहसचिव सरुवा गरेको छ। यसैगरी प्रदेश प्रुमखको कार्यालय कोशीमा रहेका लक्ष्मी प्रसाद भट्टराई कोशी प्रदेश सामाजिक मन्त्रालय सचिवमा सरुवा भएका छन्।