काठमाडौं- स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ। महानिर्देशकस्तरीय निर्णय अनुसार ७ जना स्वास्थ्यका अधिकारीहरुको जिम्मेवारी हेरफेर बुधबार भएको हो।
विभागका अनुसार विभागका डा गुणानिधी शर्मालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको महामारी व्यवस्थापन शाखा लगिएको छ। उनी स्वास्थ्य मन्त्रालयबाट सरुवा भएर त्यहाँ गएका थिए।
उपचारात्मक महाशाखाकी डा पोमा थापालाई इडिसिडीको नसर्ने रोग मानसिक शाखा प्रमुखमा तानिएको छ। इडिसिडीको नसर्ने रोग तथा मानसिक शाखामाका डा फणिन्द्र बराललाई उपचारात्मक महाशाखामा लगिएको छ।
परिवार कल्याण महाशाखाकी कविता अर्याललाई नर्सिङ महाशाखामा लगिएको छ। परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाकी शर्मिला दाहाललाई ल्याइएको छ। अनु शाक्यलाई व्यवस्थापन महाशाखामा जिम्मेवारी दिइएको छ भने सागर दाहाललाई इडिसिडीमा लगिएको छ।