काठमाडौं– स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा श्रवण कुमार थापा नियुक्त भएका छन्।
सोमबार मन्त्रिस्तरिय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्। डा थापा अर्थोपेडिक सर्जन हुन्। उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए।
यसअघि महाशाखाको निर्देशक रहेका डा सर्वेश शर्मालाई वीर अस्पतालमा पठाइएको छ।
महाशाखाबाट झण्डै पाँच अर्ब रुपैयाँका उपकरणहरु खरिदको काम अगाडि बढ्दै छ। मन्त्री बस्नेतले केही व्यापारीसँगको मिलेमतोमा आफू अनुकुलको निर्देशक ल्याएका हुन्।