काठमाडौं- काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले चिकित्सा शिक्षा अन्तर्गत स्नातकोत्तर तह (पीजी) कार्यक्रममा फिल्ड पोष्टिङ र हेल्थ क्याम्पको व्यवस्थाका लागि कार्यविधि निर्माण गर्न एक समिति गठन गरेको छ।
केयू स्कुल अफ मेडिकल साइन्सेजका एसोसिएट डीन डा दीपक कुँवरको संयोजक्तवमा तीन सदस्यीय कार्यसमिति गठन गरेको हो। समितिमा प्राडा जगदीश चटौत र निजी मेडिकल कलेज तथा डेन्टल एसोसिएसनका एक जना प्रतिनिधि सदस्य रहनेछन्।
समितिलाई १५ दिन भत्रि कार्यविधिको मस्यौदा पेश गर्न समय दिइएको छ।