काठमाडौं- काठमाडौं मेडिकल कलेज( केएमसी) ले निलम्बन गरेका डा विशद दाहालको निलम्बन फिर्ता गर्न काठमाडौं विश्वविद्यालय (केयू) ले कलेज प्रशासनलाई पत्र पठाएको छ। तर कलेज प्रशासनले भने डा विशद दाहाललाई कलेजमा छिर्न दिएको छैन।
कयूले कलेजको राय ३ दिन भित्रमा पेश गर्न भनेको छ। उक्त राय प्राप्त भएपछि निलम्बन कार्यान्वय गर्नु पर्ने वा नपर्ने भन्ने निर्णय लिनु उपयुक्त हुने हुनाले डा विशद दाहालको निलम्बन हाललाई स्थगन गरिएको केयूले जनाएको छ।
साथै डा दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया स्पष्टिकरणको मौका प्रदान गरिएको हो वा होइन सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधार सहितको लिखित राय पेश भएको छ वा छैन? लगाएतका विषयमा केयूले प्रश्न उठाएको छ।
फिल्ड वर्कका विषयमा आवाज उठाएपछि डा विशद दाहाललाई केएमसीले एक महिनाका लागि निलम्बन गरेको थियो। केएमसी नेपाली कांग्रेसका सांसद सुनिल शर्माको कलेज हो।
डा विशद दाहाललाई प्रश्न: निलम्बनमा पर्नुअघिको घटना के थियो?
डा विशद दाहाल निलम्बन घटना : समस्या समाधान गर्न चिकित्सा शिक्षा आयोग सकारात्मक