काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण र अबको प्राथमिकताका विषय सार्वजनिक गरेका छन्।
उक्त सम्बोधनमा प्रधानमन्त्री दाहालले स्वास्थ्यका मुख्य ७ वटा विषयलाई जोड दिएका छन्। उनले चिकित्सा शिक्षा, सरकारी अस्पतालको सेवा, स्वास्थ्य बीमा, प्रयोगशाला लगायतका विषयमा जोड दिएको घोषणा गरेका छन्।
यस्ता छन् प्रधानमन्त्रीको सम्बोधनमा स्वास्थ्यका ७ वटा विषय
१. चिकित्सा शिक्षालाई सस्तो र आम जनताको पहुँचमा पुर्याउन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालहरूमा नर्सिङ, प्यारामेडिक्स लगायतका शैक्षिक कार्यक्रम सञ्चासलनको गृहकार्य भइसकेको छ।
२. सहीद धर्मभक्त राष्ट्रि य मानव अङ्ग प्रत्यारोपण केन्द्रलाई ५ सय शय्याको अत्याधुनिक अस्पतालका रूपमा विकास गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको छ।
३. प्रादेशिक प्रयोगशालासँगै सरकारी अस्पतालका प्रयोगशालाहरूको शुल्कमा एकरूपता कायम गरिँदैछ।
४. ज्येष्ठि नागरिकका लागि विशेष स्वास्थ्य सेवा सुनिश्चिरत गर्न ९४ अस्पतालमा जेरियाट्रिक वार्ड स्थापना गरिएका छन्।
५. २०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रि य स्वास्थ्य बिमा ऐन ल्याइएको हो, तर बिमा कार्यक्रम त्यसको भावना र व्यवस्थाअनुसार अघि बढेन। अब यसलाई सुधार्दै मेरै कार्यकालमा बनेको ऐन बमोजिम नागरिकको स्वास्थ्यमा पहुँचको संवैधानिक हकको ग्यारेन्टी गर्ने काम उच्च प्राथमिकतामा हुनेछ। स्वास्थ्य बिमा ऐन बमोजिम बिमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, बोर्डको क्षमता अभिवृद्धि, बलियो अनुगमन र मूल्यांकन संयन्त्र, बिमाको दायरामा वृद्धि र सबैको आबद्धता, उपचारका लागि अस्पताल लगायतका संरचना र सेवाको गुणस्तरमा व्यापक सुधार र जनशक्ति व्यवस्थापनका लागि सरकार तदारूकताका साथ लागिरहेको छ। बिमाको हालको रकमको दायरा बढाइनेछ र आधारभूतबाहेक हाल सञ्चा लित सबै निःशुल्क कार्यक्रमहरूलाई समेत एकीकृत रूपमा स्वास्थ्य बिमामा आवद्ध गरिनेछ।
६. स्वास्थ्य बिमालाई केन्द्रमा राखी एकीकृत स्वास्थ्य पूर्वाधार विकास मापदण्ड अनुसार स्वास्थ्य प्रणालीको विकासमा जोड दिइनेछ।
७. सरकारले प्रदान गर्दै आएका अत्यावश्यक औषधिहरूलाई राज्यका तर्फबाट नै उत्पादन गरी औषधिमा आत्मनिर्भर बन्नर नेपाल औषधि लिमिटेडमार्फत पहिलो चरणमा २० प्रकारका औषधि उत्पादनका लागि पूर्वतयारी गरिएको छ।
यस्तो छ सम्बोधनको पूर्णपाठ