काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो।
छलफलमा सरकारलाई समर्थन दिने तर मन्त्रीहरु सबै फिर्ता बोलाउने निर्णय गरेको हो।
सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएसँगै पार्टीले सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको होश्र
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री थिइन्।