काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष र महासचिवमा लोकतान्त्रिक समूहका उम्मेदवारले अग्रता लिएका छन्। मत गणना जारी रहँदा लोकतान्त्रिक समूहबाट अध्यक्षमा डा अनिलबिक्रम कार्कीले १०२ मत पाएका छन्।
यस्तै प्रगतिशिल समूहका डा सन्तोष पौडेलले ८३ मत पाएका छन् भने स्वतन्त्र समूहका डा शिवजी शिलवालले ९ मत पाएका छन्।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले ८३, स्वतन्त्र समूहका डा अमृत भुसालले ७६ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ४१ मत पाएकी छन्।
उपाध्यक्षतर्फ मधेस प्रदेशमा डा अजय कुमार मिश्रले ४६, डा महेश महासेठले ३३ र डा निरज कुमार सिंहले ३२ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष बागमती प्रदेशतर्फ डा प्रकाश बुढाथोकीले १०६ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले ५८ मत प्राप्त गरेका छन्। यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले ६० मत प्राप्त गर्दा डा राजन शर्माले १२० मत पाएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा निरज अर्यालले ३७ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले १४९ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
हेर्नुहोस सदस्यहरुले हालसम्म प्राप्त गरेको मत:
डा अभियान गौतम ९०
डा अमित रञ्जन मिश्र ६४
डा चेतन बस्नेत ६५
डा किशोर खत्री १५१
डा मनोर दिन शैय्यद ४९
डा मोहम्मद अनामुल हक ५०
डा पदम नेपाली दर्जी ७८
डा रमेश श्रेष्ठ ४५
डा रामकृष्ण आचार्य ४०
डा स्मर्ति महत १६४
डा सृजना विष्ट ८२
डा सुरेन्द्र यादव २९
डा तेज्सु सिंह मल्ल ९५
डा युभिन कुमार यादव ६२
निर्वाचनमा ६ हजार २९२ मत खसेको छ। काठमाडौं उपत्याकाभित्र बिहीबार ५८९, शुक्रबार ९८५ र शनिबार १०६८ गरी २ हजार ६ सय ४२ मत खसेको छ भने काठमाडौं उपत्यकाबाहिर ३ हजार ६५० मत खसेको छ।
१२ हजारभन्दा बढी सदस्य रहेको संघमा ६ हजार २ सय ९२ मत मात्र खसेको छ। एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये १२ पदका लागि मतदान भएको हो। त्यसैगरी एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह कोषाध्यक्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा प्रगतिशिल समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल निर्वाचनमा उत्रिएका छन्।