काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनमा डा अनिलबिक्रम कार्कीले सुरुवाति अग्रता लिएका छन्।
नयाँ कार्यसमितिका लागि अहिले मतगणना भइरहेको छ। निर्वाचन समितिले दिएको जानकारी अनुसार अहिले नेपालगञ्ज मतदान केन्द्रको गणना सुरु भएको छ। हालसम्म गणना भएको १९६ मतमध्ये लोकतान्त्रिक समूहका डा अनिलबिक्रम कार्कीले १०२ मत पाएका छन्।
यस्तै प्रगतिशिल समूहका डा सन्तोष पौडेलले ८३ मत पाएका छन् भने स्वतन्त्र समूहका डा शिवजी शिलवालले ९ मत पाएका छन्।
यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका डा सन्जिब तिवारीले ८३, स्वतन्त्र समूहका डा अमृत भुसालले ७६ र प्रगतिशिल समूहकी रक्षा श्रेष्ठले ४१ मत पाएकी छन्।
उपाध्यक्ष तर्फ मधेस प्रदेशमा डा अजय कुमार मिश्रले ४६, डा महेश महासेठले ३३ र डा निरज कुमार सिंहले ३२ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्ष बागमती प्रदेशतर्फ डा प्रकाश बुढाथोकीले १०६ मत प्राप्त गरेका छन् भने डा सञ्जय कुमार ठाकुरले ५८ मत प्राप्त गरेका छन्। यसैगरी गण्डकी प्रदेश उपाध्यक्षमा डा विकास गौचनले ६० मत प्राप्त गर्दा डा राजन शर्माले १२० मत पाएका छन्।
यस्तै सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा डा निरज अर्यालले ३७ मत प्राप्त गरेका छन् भने डा प्रशान्त भट्टले १४९ मत पाएका छन्। अन्य प्रदेशमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ।
हेर्नुहोस सदस्यहरुले हालसम्म प्राप्त गरेको मत:
डा अभियान गौतम ९०
डा अमित रञ्जन मिश्र ६४
डा चेतन बस्नेत ६५
डा किशोर खत्री १५१
डा मनोर दिन शैय्यद ४९
डा मोहम्मद अनामुल हक ५०
डा पदम नेपाली दर्जी ७८
डा रमेश श्रेष्ठ ४५
डा रामकृष्ण आचार्य ४०
डा स्मर्ति महत १६४
डा सृजना विष्ट ८२
डा सुरेन्द्र यादव २९
डा तेज्सु सिंह मल्ल ९५
डा युभिन कुमार यादव ६२