काठमाडौं- नेपाल नर्सिङ संघले रंगेली अस्पताल मोरङले करारमा पदपुर्तिका लागि निकालेको विज्ञापनमा नर्सहरुलाई विभेदकारी मापदण्ड राखेको भन्दै विरोध जनाएको छ।
अयक्ष प्रा मन कुमारी राईद्वारा जारी विज्ञप्तिमा अन्य तहका चिकित्सकका हकमा नेपाल सरकारले सम्वन्धित तहको लागि पारिश्रमिक तोके बमोजिम भनि किटान गरीएको भएपनि स्टाफ नर्सको हकमा भने बीस हजार सात सय तोकिएको भन्दै यस प्रकारको विभेदकारी ब्यवहारले आम नर्सहरुको मानमर्दनका साथै नर्स पेशाकर्मीहरुलाई हतोत्साही बनाएको उल्लेख छ।
साथै नेपाल सरकारले तोके बमोजिमको तलब, सेवा सुविधा उपलब्ध गराउनसमेत संघले माग गरेको छ।