काठमाडौं- नेपाल पब्लिक हेल्थ स्टुडेण्ट सोसाइटीको ३४ औं कार्यसमितिको अध्यक्षमा रमेश कार्की सर्वसम्मत निर्वाचित भएका छन्। ३३ औं कार्यसमितिले आयोजना गरेको साधारण सभाबाट उपाध्यक्षमा इलिना महर्जन, महासचिवमा उषा भुषाल, सचिवमा नवराज यादव र कोषाध्यक्षमा प्रतीक्षा खड्का सर्वसहमत चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यमा सुस्मिता पङ्गेनी, अनिल श्रेष्ठ, मुकेश मेहता,ललित रोकाया,रिङ्ग्जेन तामाङ र प्रदिप जोशी रहेका छन्। निवर्तमान अध्यक्ष प्रकाश अधिकारीले ३३ औ साधारण सभा सम्पन्न गरी अबको नेतृत्व र अधिकार नयाँ टिमलाई हस्तान्तरण गर्दै सफलताको शुभकामना दिए।
संस्थालाई विद्यार्थीका हकहितमा वकालत तथा क्षमता अभिवृद्धि र प्रोफेसनल विकासको प्रवर्द्धन गर्ने तीन प्रमुख आयममा विकास गर्ने अध्यक्ष कार्किले बताए।