काठमाडौँ- नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्।
दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका ७५ वर्षीय कट्वालको स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका हुन्।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले पूर्व प्रधानसेनापति कटवाल एक हप्तादेखि आइसीयूमा रहेको बताए। प्रवक्ता भण्डारीका अनुसार उनले हप्ताको दुई दिन डायलाइसिस गराउँदै आएका थिए। पल्मोनरी हेमोरेज भएपछि उनलाई चिकित्सकको सल्लाहमा आइसीयूमा राखिएको हो।