काठमाडौं- मोरडको उर्लाबारीका युवा सन्तोष गिरीले वातावरण संरक्षणमा जनचेतना जगाउने उदेश्यसहित मेची–महाकाली साइकल यात्रा पुरा गरेका छन्।
झण्डै एक महिनामा साइकल यात्रा पूरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्य राखेका थियो।
मानवता बचाउँ भन्ने अभियानकासाथ साईलयात्रा गरेका उनले स्थानीय तह, स्थानीय संघ संस्थाको सम्न्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। जसलाई नेपाल रेडक्रस सोसाईटीले पनि सहयोग गरेको थियो।
सन्तोषसहित विश्व साइकल यात्री अजित बराल र सन्देश सुवेदीको टोलीले साइकल यात्रा गरेको हो। सूचना प्रविधिका विद्यार्थी रहेका सन्तोषले हेराल्ड कलेज, नक्सालबाट आईटीमा स्नातक समेत गरेका छन्।
'अहिले काठमाडौंको समस्या विषाक्त वायू प्रदुषण र ध्वनी प्रदुषण, रहेको भन्दै साइकल यात्राले यो समस्या समाधान गर्न सक्ने सन्तोषले बताए। शहरलाई स्वस्थ बनाउन शहरलाई सुन्दर बनाउने आन्दोलन हो’ उनले भने, ‘यो साइकल र्याली मात्र होइन। साइकलमैत्री शहरको परिकल्पनामा जोड दिनु अहिलेको आवश्यकता हो यसले मानव स्वास्थ्य मात्र हैन वातावरण प्रदुषणलाई समेत कम गराउँछ।'