काठमाडौं- काठमाडौं क्यान्सर सेन्टरले इन्नर क्लव अफ वागमतीका सदस्यहरुलाई ब्रेस्ट क्यान्सर स्क्रिनिङ र पाठेघरको मुखको क्यान्सरको निःशुल्क जाँच गरेको छ।
ब्रेस्ट अंकोलोजिस्ट डा बनिरा कार्की र रेडियोलोजिस्ट डा हरिओम जोशीद्वारा सदस्यहरुको बिहीबार भिडियो एक्स-रे, पाठेघरको मुखको क्यान्सरको जाँच लगाएतका सेवा प्रदान गरेको छ।
काठमाडौं क्यान्सर सेन्टर र क्यान्सर सपोर्ट एन्ड अवेर्नेस नेपालले उक्त कार्यक्रम गरेको अस्पताल व्यवस्थापक वर्षा कोइरालाले जानकारी दिइन्।