काठमाडौं– नेपालमा थप ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्।
यससँगै अहिलेसम्म कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८९ हजार ६४ पुगेको छ। नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या १८ रहेको छ।