काठमाडौं- नेपाल चिकित्सकको निर्वाचन अन्तरगत उपत्यकामा आजदेखि मतदान सुरु हुँदै छ।
मतदान केन्द्र नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभाकक्ष) कमलादी कायम गरिएको नेपाल चिकित्सक संघले जनाएको छ।
२९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि माघ ६ गते शुक्रबार र ७ गते शनिबार संघका १६ वटा शाखा कार्यालयहरुमा निर्वाचन कार्यक्रम सम्पन्न भईसकेको छ भने उपत्यकामा आज, भोली र पर्सी निर्वाचन हुँदैछ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्षसहित १९ पदमध्ये एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्षसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्षसहित १२ पदका लागि निर्वाचन हुँदैछ।
निर्वाचनमा डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह, डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ।