काठमाडौं- चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाsको नतिजा सार्वजनिक भएको छ। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक नतिजा अनुसार परीक्षामा ४७ प्रतिशत उत्तीर्ण भएका छन्।
काउन्सिलले १२ देखि १५ गतेसम्म लिएको परीक्षामा एमबिबिएस तर्फ ४७.११ र बिडिएस तर्फ ४७.६० प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्।
काउन्सिलले सार्वजनिक गरेको जानकारी अनुसार एमबिबिएस परीक्षामा १ हजार ८३९ जनाले परीक्षाका लागि फारम भरेका थिए। जसमध्ये परीक्षामा ७ जना अनुपस्थित भएका थिए। १ हजार ८३२ जनाले एमबिबिएस तर्फ लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै उत्तीर्ण भएका छन्।
यस्तै, बिडिएस तर्फ कुल ४८२ जनाले फारम भरेकोमा ३ जना अनुपस्थित थिए। परीक्षा दिएका ४७९ जना भए पनि २२८ जना मात्रै उत्तीर्ण भएका छन्।