काठमाडौं- सर्वोच्च अदालतमा हेल्थ डेस्क स्थापना गरिएको छ। वीर अस्पतालले शुक्रबारदेखि सर्वोच्च अदालतमा हेस्थ सञ्चालनमा ल्याएको हो।
सर्वोच्च अदातलका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवर र वीर अस्पतालका निमित्त प्रशासकीय अधिकृत भुपेन्द्र कुमार बस्नेतले उक्त हेल्थ डेस्कको उद्घाटन गरे।
बिहान १० देखि २ बजेसम्म हेल्थ डेस्क सञ्चालनमा आउनेछ। डा बस्नेतले मुख्य रजिष्ट्रार कुँवरको स्वास्थ्य जाँच गरी हेल्थ डेस्क सञ्चालनमा आएको अस्पतालले जनाएको छ।