काठमाडौं- चतरा अस्पताल सुनसरीका चार जना डाक्टरहरुले सामूहिक राजीनामा दिएका छन्। सेवाग्राहीबाट ड्युटीका क्रममा डाक्टरहरुमाथि दुर्व्यवहार भएको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।
उनीहरुले अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमक्ष राजीनामा दिएका हुन्।
डा विवेक वर्मा, डा विकास दास, डा सुरज थापामगर, डा विष्णु भण्डारीले सामूहिक राजीनामा दिएका हुन्।