काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको लागि उपत्यकाको मतदानस्थल परिवर्तन भएको छ।
यसअघि चिकित्सक संघको केन्द्रीय कार्यालयमा मतदानस्थल तोकिएकोमा स्थान परिर्वतन गरी नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभाकक्ष) कमलादी कायम गरिएको नेपाल चिकित्सक संघले जनाएको छ।
मतदाताहरुको लागि मतदान गर्ने सुविधा, सवारी साधनको पार्किङ र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरले जानकारी दिए।
२९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि माघ ६ गते शुक्रबार र ७ गते शनिबार संघका १६ वटा शाखा कार्यालयहरुमा निर्वाचन कार्यक्रम सम्पन्न भईसकेको व्यछ भने उपत्यकामा यही माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ।