काठमाडौं- बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयसहित ११ वटा मन्त्रालय रहने भएका छन्। बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।
उक्त कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अहिले रहेका १४ वटा मन्त्रालयको संख्या घटाएर ११ वटा बनाइने जानकारी दिए। यसअघि गण्डकी र कर्णालीमा पनि मन्त्रालय घटाउने निर्णय भइसकेको छ।
यी हुन् बागमतीमा रहने मन्त्रालय रहन्छन्
१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२ आन्तरिक मामिला तथा कानून मन्त्रालय
३ आर्थिक मामिला तथा योजना मन्त्रालय
४ भौतिक पूर्वाधार विकास मन्त्रालय
५ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
६ श्रम, रोजगार तथा यातायात मन्त्रालय
७ वन तथा वातावरण मन्त्रालय
८ कृषि तथा पशुपन्छी विकास मन्त्रालय
९ सामाजिक विकास मन्त्रालय
१० पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय
११ स्वास्थ्य मन्त्रालय