काठमाडौँ- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको विद्यार्थी भुवन गिरीले बताए।
उनका अनुसार चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध र होस्टलको व्यवस्थापनको लागीसोमबारबाट आन्दोलन गरीरहेका छन्। प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए। सोही क्रममा झडप भएको थियो।
झडपको क्रममा प्रहरीले दुई जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो। तर उनीहरु रिहा भइसकेका छन्।