काठमाडौं- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ रत्नरामार्गको भेरी पुलनजिकै झुप्रा खोलामा आज बिहान करिब २ बजेतिर गाडी दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा चालक भैरवी गाउँपालिका हाल वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय वविन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बीसी छन्। दैलेख भैरवी गाउँपालिका ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते छन्।
दिपेन्द्र दैलेख डुंगेश्वर गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत थिए।
उनीहरुको निधनप्रति विभिन्न संघ संस्थाले दुख व्यक्त गरेका छन। स्वास्थ्य मन्त्रालय, हेल्थग असिस्टेन्ट संघ लगाएतले विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका छन्।