काठमाडौं- बाँकेमा ५ वर्ष माथि उमेर समूहका बालबालिकाहरु दादुरा प्रकोपबाट बढी प्रभावित भएको पाइएको छ।
स्वास्थ्य निर्देशनालय भालुवाङ दाङका अनुसार बाँकेमा ५ वर्ष वा सो भन्दा माथिका बालबालिका सबैभन्दा बढी बिरामी परेका छन्। कुल बिरामी २६० मध्ये १३९ जना ५ वर्षभन्दा माथिका छन्।
२ देखि ५ वर्षसम्मका ७२, १५ महिनादेखि २ वर्षका १८, ९ महिनादेखि १५ महिनाका १६ र ९ महिनाभन्दा कम उमेरका १५ जना बालबालिका रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कुल बिरामीमध्ये १८८ जना बालबालिका मुस्लिम समुदायका छन्।
बाँकेको नेपालगञ्जको वडा नं ७ मा पुष १२ गते ५ वर्षदेखि १४ वर्ष उमेर समूहका ६ जना बालबालिकाहरुमा दादुरा देखिएको थियो।