काठमाडौं- कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखारोग विशेषज्ञ डा सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन्। फेसबुक पोस्टमा उनले रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने समेत बताएका छन्।
हरिवंशले लेखेका छन्, ‘मनमा कुरा घुमिरहन्छ। यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा। सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला। जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोगसिद्ध सावित गर्नुभयो। त्यसको मूल्यांकन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ। यसै अन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ।’
डा रुइतले १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्। 'इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्न लागिएको घोषणा गरेको हो।
यो पनि
डा सन्दुक रुइतलाई १३ करोड रुपैयाँको इसा अवार्ड