काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोसिमा कार्कीले पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहण गर्दै उनले स्वास्थ्यलाई मौकिल हकको रुपमा पूर्ण रुपमा कार्यान्वयममा लैजान प्रयास गर्ने बताईन्।
यस्तै पैसाको अभावले कुनैपनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस् भनेर पहल गर्ने बताइन्।
राज्यमन्त्री कार्कीले आइतबार दुईवटा निर्णयमा हस्ताक्षर गरेकी छन्। जस अनुसार आँखाको स्वास्थ्य उपचार विकेन्द्रीकरण गरेर केन्द्र, प्रदेश र आधारभूत स्वास्थ्य केन्द्रसम्म पुर्याउने र स्वास्थ्य संस्थाको सेवाको न्यूनतम मापदण्डसम्बन्धी निर्णय छन्।
कार्कीले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (०७९–०८६)मा हस्ताक्षर गर्दै आँखाको उपचार सर्वसुलभ बनाउने बताएकी छन्।