काठमाडौं- स्वास्थ्य तथा जनसख्यामनत्री पदम गिरी विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन्। गिरी पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियू सभापति हुँदै जिल्ला फर्केर पार्टी राजनीतिमा सहभागि भए।
आमा सिता गिरी र बुवा बेल गिरीको कान्छो छोरोको रुपमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जन्मिएका पदम गिरीको बाल्य अवस्था आफनै गाउँमा वित्यो।
माध्यमिक तहको पढाई आफनै गाउँको विद्यालय काफल चौर माविमा पुरा गरेका थिए।
२०५५ सालमा अनेरास्वीयू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए। २०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका पदम गिरी स्वतन्त्र विाद्यार्थी यूनिएको उपसमितिमा निर्वाचित भए। अनेरास्ववियू राष्ट्रिय परिषद सदस्य हुँदै केन्द्रिय सदस्य बनेका पदम गिरी २०५९ को स्ववियू निर्वाचनमा पुनः दोस्रो पटक उप सभापतिमा निर्वाचित भए।
२०६२ सालाको स्वतन्त्र विद्यार्थी यूनिएन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापतिमा निर्वाचित गिरी नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए। उनी २०७४ र २०७९ को निर्वाचनमा पर्वतबाट प्रत्यक्ष निर्वाचित भए।