काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा नयाँ मन्त्री र राज्यमन्त्रीको नाम सार्वजनिक गरिएको हो।
सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री र डा तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसद् मनिष झाले बताए।
डा कार्कीलाई मन्त्रीकै रुपमा हेरिएको थियो। तर स्वास्थ्यमन्त्रीमा एमालेका पदम गिरी आउने भएका छन्। डा कार्की स्वास्थ्य राज्यमन्त्री हुने पक्का भएको छ।