काठमाडौं- सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन्।
मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयलाई बैठकबाट अन्तिम रुप दिने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बताएका छन्।
सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच करिब ५ घण्टा छलफल भएको थियो। उक्त भेटमा पौडेल पनि सहभागी भएका थिए।