काठमाडौ- काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका चिकित्सकप्रति नेपाल चिकित्सक संघले दुख व्यक्त गरेको छ।
महासचिव डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दे संघका आजीवन सदस्य स्व डा सुशिल श्रेष्ठ, स्व डा शोना दिवाकर उनीहरुका १० महिने छोरा तथा स्व डा गणेश थापाको असामयिक निधन भएकोमा नेपाल चिकित्सक संघ स्तब्ध भएको जनाएका छन्।
दुर्घटनामा चिकित्सकहरुको असामयिक निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको संघले उल्लेख गरेको छ।