काठमाडौं- पोखरामा दुर्घटनाग्रस्त विमानमा डाक्टर दम्पती पनि सवार रहेको पाइएको छ। दुर्घटनामा परेको काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन–एसीएनसी विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा सुशील श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकर पनि सो विमानमा सवार रहेको पुष्टि भएको छ।
ट्रमा सेन्टरका मेसु डा रुद्र मरासिनीका अनुसार डा श्रेष्ठ अस्पतालबाट बिदा लिएर परिवारसहित पोखराको यात्रामा थिए। पोखराका डा श्रेष्ठ आफन्तसँग भेटघाटका लागि घरमा जाँदै थिए।
जहाज दुर्घटनाबाट ३२ जनाको शव निकालिएको छ । अहिलेसम्म ३२ जनाको शव निकालिएको प्रहरीले जानकारी दिएको हो।
उद्दार कार्य जारी रहेकाले शवको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ। काठमाडौंबाट पोखराका लागि उडेको एन ९–एएनसी एटीआर–७२ को जहाज दुर्घटनामा परेको थियो।
अहिले पनि उद्दार कार्य जारी रहेको छ। जहाजमा चालक दलका सदस्यसहित ७२ जना यात्रु रहेका थिए।
यी हुन् विमानमा रहेका यात्रुहरु :
किसन आचार्य
निशान्त आचार्य
शालिग्राम आचार्य
सदाकत अलिमिया
भिक्टोरिया अलट्यनिना
पूर्णबहादुर गुरुङ
जितेन्द्रबहादुर कुँवर
एलेना बन्दुरो
अनिशा बानियाँ
श्लोक भट्ट
निरा छन्त्याल
रुअन कालुम क्रिघटन
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजय गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
रक्की गुरुङ
शिव गुरुङ
सीता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रबिन हमाल
एलेक्जेन्डर इसिडोर
सञ्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता खड्का
अनिल कुमार राजभर
भगवती कुँवर
अभिषेक कुशवाह
मेरन लभ
युरी लेजिन
भिक्टर लेजिन
ओम माया गुरुङ
जनेटस्यान्ड्रा पेलेभ्सिनो
सुस्मा पाण्डे
हरि परियार
क्रिश परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पूजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगीता शाही
आयुर्धी शर्मा
बबी शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा सोना दिवाकर
बन्दना सुनार
डा सुशील श्रेष्ठ
राज ठकुरी
चुडा थापा
गणेश थापा
लबराज तिमिल्सिना
क्वुंघल यु
स्याङ्जेन यु।