काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा नवौं कलेजो सफलतापूर्वक प्रत्यारोपण गरिएको छ।
विभिन्न कारणले ९ महिनादेखि रोकिएको कलेजो प्रत्यारोपण शुक्रबार राती सर्जन प्राडा रमेश सिंह भण्डारी नेतृत्वको टिमले सफलतापूर्वक प्रत्यारोपण गरेको हो।
काठमाडौं बाहिरका ५२ वर्षीय पुरूषलाई उनका १९ वर्षीय छोराले कलेजो दान गरेको डा भण्डारीले जानकारी दिए।
सफलतापूर्वक नवौं कलेजो प्रत्यारोपण सम्पन्न गरेको जानकारी दिँदै डा भण्डारीले बिरामीको अवस्था सामान्य रहेको बताए।
त्रिवि शिक्षण अस्पतालमा २०७६ जेठ १८ गते पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो। त्यसयता डा भण्डारीकै नेतृत्वमा ९ वटा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
त्रिवि शिक्षणले २०७७ चैतमा ११ महिनाका बालकमा पनि सफल कलेजो प्रत्यारोपण गसिसकेको छ। जुन नेपालमै पहिलो बाल कलेजो प्रत्यारोपण थियो।