काठमाडौं - पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६४३ पीसीआर र ७३४ जनाको एन्टीजेन परीक्षणका क्रममा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ९९८ पुगेको छ। देशभर हाल २८ जना सक्रिय संक्रमित छन्।