काठमाडौं- बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानको विज्ञापन तथा नियुक्तिहरू गैरकानूनी भएको भन्दै बदर गर्न माग गरिएको छ।
प्रतिष्ठानमा कार्यरत चिकित्सा शिक्षक तथा कर्मचारीहरूहरुले यस्तो माग गरेका हुन्। कर्मचारी तथा चिकित्सकको बढुवा सम्बन्धी विज्ञापन गैरकानूनी भएको उनीहरुको भनाई छ।
विज्ञापन गर्दा राष्ट्रिय दैनिक पत्रिकामासमेत प्रकाशन नगरिएको उनीहरुको भनाई छ। सूचना पाटीको तार जालीले गर्दा र सानो अक्षर भएकोले सो विज्ञापन प्रष्ट पनि नभएको तथा सबैले उक्त विज्ञापन पढ्नबाट बन्चित भएको उनीहरुको भनाई छ।
आफनो मान्छेहरूको लागि मात्र खुलाइएको भन्दै उनीहरुले विज्ञापन बदनियतपूर्ण गैरकानूनी र प्रतिष्ठानको नियमावली विपरित रहेको बताएका छन्।