काठमाडौं- जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त भएका छन्। हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत छन्।
मेडिकल डाइरेक्टरको पदमा रहेका डा युवराज खरेलको कार्यकाल सकिएपछि डा भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएका हुन्।
एक सय शय्या क्षमताको अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको हो।