काठमाडौं - अन्तर्राष्ट्रिय स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स नेपडण्टको दोस्रो दिन ललितपुरको गोदावरीमा जारी छ।
दन्त सामग्री वितरकहरुको संघले नेपाल डेण्टल एशोसिएसनको सहकार्यमा नेपडण्ट एक्स्पो तथा कन्फ्रेन्सको आयोजना गरेको हो। नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले सम्मेलनको उद्घाटन गरेका थिए।
नेपदण्ड गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा सुरु भएको सम्मेलन २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ। दन्त सामग्री वितरकहरुको संघको एक्स्पो र नेपाल डेण्टल एशोसिएसनको कन्फ्रेन्स एकै पटक आयोजना गरिएको हो।
७० बढी स्टर रहेको एक्स्पोमा १ सय भन्दा बढी ब्राण्डका सामग्रीहरु राखिएको दन्त सामग्री वितरकहरुको संघका अध्यक्ष शालिकराम अर्यालले जानकारी दिए। सम्मेलनमा नेपाल सहित, भारत, बंगलादेश, चीन लगायतका राष्ट्रबाट पनि विज्ञहरु सहभागी भएका छन्।
कन्फ्रेन्समा भने १३ जना दन्त चिकित्सकहरुले प्रस्तुतीकरण दिने एशोसिएसनका केन्द्रीय सदस्य डा हरिप्रसाद ओलीले जानकारी दिए। एक्स्पोमा करिब ३५ सय जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ।