काठमाडौँ- स्वास्थ्यका १२ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य समूह अन्तरगतका विभिन्न उपसमूहका १२ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको हो।
यसै साता बसेको बढुवा समितिको बैठकले चिकित्सक, नर्सहरुलाई बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रालय स्रोतका अनुसार डा बिजय थापालाई प्रमुख कन्सलटेन्ट पेडियाटिक सर्जनको रुपमा एघारौँ तहमा बढुवाको सिफारिस गरिएको छ। यस्तै डा लिपा बैद्यलाई प्रमुख कन्सलटेन्ट साइक्रयाटिकमा बढुवाका लागि सिफारिस गरिएको छ।
यसैगरी प्रमुख कन्सलटेन्ट रेडियालोजिष्टको रुपमा एघारौँ तहमा दुई जनाको बढुवाको सिफारिस भएको छ। त्यसरी सिफारिस हुनेहरुमा डा सुरेश थापा र डा प्रशान्त खतिवडा रहेका छन्।
यस्तै प्रमुख कन्सलटेन्ट इएनटी सर्जनमा डा विक्रम बुढाथोकी, प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टमा डा रेश्मा श्रेष्ठ, प्रमुख कन्सलटेन्ट गाइनोकोलोजिष्टमा निर्मला लछमी श्रेष्ठ बढुवा भएका छन्।
यसैगरी प्रमुख अस्पताल नर्सिङ प्रशासक मा हिराकुमारी निरौला, प्रमुख कन्सलटेन्ट डेन्टल सर्जनमा डा प्रमोदकुमार कोइराला र प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्टमा श्रवणकुमार मिश्र बढुवामा सिफारिस भएका छन्।
बढुवा समितिले गत साता मात्रै पाँच जनालाई एघारौँ तहमा बढुवा गरेको थियो।