काठमाडौं- स्मार्ट हेल्थ नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रक्त सञ्चार विशेषज्ञ डा बिपिन नेपाल नियुक्त भएका छन्।
डा नेपालले पदभार ग्रहण गर्दै रक्तदान अभियानमा सबैलाई समेटर यो लाग्न आह्वान गरेका छन्। रक्त सञ्चार सेवामा आवद्ध भई डा नेपालले कोभिड, डेंगु जस्ता महामारीमा बिरामीलाई सरल र सुलभ ढंगबाट रगत उपलब्ध गराउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
स्मार्ट हेल्थ नेपालले विषेशगरी रक्तसेवाहरु, नजिकैका अस्पताल, एम्बुलेन्स, ब्लड बैंक, फार्मेसी, सरल र सहज ढंगमा खोज्न सकिने अपलोड प्रेसक्रिप्सन, मेडिसिन रिमाईडर लगायत सेवा मोबाईल एप्लीकेशन मार्फत निशुल्क सेवा प्रदान गर्दै आईरहेको छ।
स्मार्ट हेल्थ नेपाल आफ्नो मोबाईलमा डाउनलोड गर्न मोबाईलको एप स्टोर वा प्ले स्टोरमा गई स्र्माट हेल्थ नेपाल टाईप गरी डाउनलोड गर्न सकिनेछ। एप्लिकेशनको मद्दतमा ८ सय १२ पिन्ट आपतकालिन अवस्थामा रक्तसेवा सञ्चार गर्ने केन्द्रहरु, रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गरी रगत मिलाउन सफल भएको संस्थाका कार्यक्रम अधिकृत मनिशा श्रेष्ठले जानकारी दिईन्।