काठमाडौं- वीर अस्पतालले आफ्नो सेवाहरु डिजिटल प्रणालीमा परिणत गर्न थालेको छ। क्यास काउन्टरको सेवालाई डिजिटलाइजेसन गर्न अस्पतालले सोमबारदेखि फोन पे क्युआर कोड प्रणाली सुरु गरेको छ।
फोन पे क्युआर कोडको अस्पतालका निमित्त प्रशासकीय अधिकृत प्राडा भूपेन्द्रकुमार बस्नेतले उद्घाटन गरेका हुन्।
फोन पे, प्रभु बैंकसँगको सहकार्यमा क्युआर कोड सिस्टम सुरु गरिएको डा बस्नेतले जानकारी दिए।
उनले भने, ‘बिरामीहरुले अब नगद बोकेर अस्पताल आउनु पर्दैन। यहाँ धेरै बिरामीहरुको पर्स चोरी हुने समस्या पनि छ। तर आजदेखि बिरामीहरुले मोबाइलबाटै पैसा तिर्न सक्नेछन्।’
बिरामीको सहजताका लागि उक्त क्युआर कोड प्रणाली सुरु गरिएको डा बस्नेतलले बताए। वीर अस्पताललाई विस्तारै पपेरलेस र डिजिटलाइजेन अस्पतालको रुपमा विकास गरिदै लैजाने उनले बताए।
यो सँगै वीर अस्पतालले अनलाइन टिकट सुरु गरिसकेको छ। घरबाटै टिकट काटेर सिधै ओपिडीमा उपचारका लागि जान सकिने व्यवस्था अस्पतालले गरेको छ।