काठमाडौं- नेपाली औषधि उत्पादक कम्पनी भास्कर हर्बास्युटिकल्स प्रालीले उत्पादन गरेको च्यावनप्रास बजारमा पठाएको छ। भास्कर विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यास (जिएमपी) पाउने पहिलो नेपाली हर्बल कम्पनी हो।
कम्पनीले रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरका विकार तत्व बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेल्ने च्यावनप्रास बजारमा ल्याएको हो। भास्करको च्यावनप्रास पाँच सय ग्राम (आधा किलो ग्राम) र एक हजार ग्राम (एक किलो ग्राम)का बट्टामा उपलब्ध रहेको भास्करका एक्जुकेटिभ डाइरेक्टर निखिल खण्डेलवालले जानकारी दिए।
'च्यावनप्रास जाडो मौषममा धेरै नै उपयोगी हुन्छ। यो बहुउपयोगी उत्पादन हो। यसमा ४८ भनदा बढी जडिबुटीहरुको मिश्रण हुने भएकाले धेरै नै फाइदाजनक हुन्छ,' उनले भने, 'हामीले गुणस्तरका सबै मापदण्ड पूरा गरेर च्यावनप्रास उत्पादन गरेका छौं।'
च्यावनप्रासले शरीर भित्र प्रवेश गरेपछि शरीरभित्रका विकारहरु हटाउँछ। च्यवनप्रास मुख्य गरी भिटामिन (सी) को स्रोत भएपनि यसमा शरीरलाई आवश्यक पर्ने मिनरल्स तथा भिटामिनहरु उपलब्ध हुन्छन्। शरीरलाई आवश्यक पर्ने तत्वहरु च्यवनप्रासमा हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। शरीरलाई बलियो, स्वस्थ्य र आकर्षक बनाउन च्यवनप्रासको महत्वपूर्ण भूमिका हुन्छ।
चिसोमा श्वासप्रश्वास सम्बन्धी रोगको जोखिम पनि बढी हुन्छ। रुघाखोकी लगायत भाइरल संक्रमण हुँदा पनि त्यसविरुद्ध लड्न चाहिने शक्ति र तत्वहरु च्यनवप्रासमा हुन्छ।