काठमाडौं- दन्त सामग्री वितरकहरुको संघले आगामी पुस २२ गतेदेखि 'डेण्टल एक्स्पो तथा कन्फ्रेन्स'- नेपडेण्ट आयोजना गर्दैछ।
तीन दिनसम्म हुने उक्त एक्सपो पहिलो पटक आयोजना गर्न लागिएको संघले जनाएको छ। नेपडेण्ट मेलामा नेपाल डेण्टल एशोसिएसनलाई मात्र सहभागी गराउन लागिएको कुरा गलत रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल डेण्टल एशोसिएसनको मिडटर्म कन्फ्रेन्स र साइन्टिफिक सेसन चिकित्सकहरुको रहेको संघले जनाएको छ।
संघले दन्त चिकित्सा सम्बन्धी अस्पताल, क्लिनिक, ल्याब तथा सबै पेशाकर्मीहरुलाई गुणस्तरीय औजार तथा सामानहरु उपलब्ध गराउँदै आएको छ।