काठमाडौं- नेपाल डेन्टल सप्लायर्स संघको आयोजनामा हुन गइरहेको डेन्टल एक्स्पो विवादमा तानिएको छ। एक्स्पो हुन केही दिन मात्र बाँकी छँदै डेन्टल क्षेत्रसँग सम्बन्धित केही संस्थाले एक्स्पोको विरोध गरेका हुन्।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र नेपाल डेन्टल हाइजेनिस्ट एसोसिएसनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै एक्स्पोमा आफूहरुलाई नबोलाइएको भन्दै विरोध गरेका हुन्। उनीहरुले एक्स्पोमा कोही पनि सहभागी नहुन भन्दै सार्वजनिक सूचना नै निकालेको छन्। दन्त स्वास्थ्यको क्षेत्रमा पुर्या एको योगदानको अवमूल्यन गरेको भन्दै उनीहरुले एक्स्पो बहिस्कार गर्न भनेका छन्।
एक्स्पो यही पुस २२ देखि २४ गते हुन लागिरहेको छ। एक्स्पोमा आयोजकले नेपाल डेन्टल एसोसिएसनलाई मात्र सहभागी गराएको भन्दै उनीहरुले बहिस्कार गर्ने निर्णय गरेका हुन्।
हेरौं विज्ञप्ति