काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले विकास समस्या समाधान उपसमितिको बैठकमा अनुपस्थिती भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई स्पष्टीकरण सोधेको हो।
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलले विकास समस्या समाधान उपसमितिको बैठकमा बिना जानकारी अनुपस्थित भएको भन्दैं २४ घण्टाभित्र स्पष्टीकण पेश गर्न पत्र काटेका छन्।
मन्त्रालयले १२ पुसमा प्रथम त्रैमासिकमा संचालित विकास कार्यक्रम आयोजनाहरुको समीक्षा गर्न विकास समस्या समाधान उपसमितिको बैठक डाँकेको थियो। उक्त बैठकमा बीपी प्रतिष्ठानका पदाधिकारीहरुलाई सहभागी भएनन्।