काठमाडौं- कोरोना संक्रमण फेरि बढ्न थालेको छ। देशभर थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २७ पुगेको छ। यही अवधिमा थप १३ हजार ३३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। कोरोना महामारी सुरु भएयता देशभर १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन्।