काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्। साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन्।
बाइडेनले उठेर आफू ठीक रहेको बताए।
ह्वाइटहाउसका एक अधिकारीले उनको स्वास्थ्य ठीक रहेको र उनलाई कुनै स्वास्थ्य हेरचाह आवश्यक नरहेको बताएको न्यूयोर्क टाइम्सले जनाएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ७९ वर्षीय बाइडेन अहिले अमेरिकी राज्य डेलावेयरमा बिदा मनाइरहेका छन्।